कमला ह्यारिसको सम्बोधन रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छन् ।
कमला ह्यारिसका समर्थकहरु उनको कार्यालयबाहिर भेला भएका थिए तर उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् ।
कमला ह्यारिसको कार्यालयबाहिर पहिलेको उत्साह अहिले कार्यकर्तामा देखिँदैन ।
मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ स्टेट जितेका छन् । यसमा नर्थ क्यारोलिना र जर्जिया समावेश छ।
प्रतिक्रिया
Facebook Comment