मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

डिसी नेपाल
२२ कार्तिक २०८१ ८:५७

विराटनग। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन्।

आज जारी गरेकाे शुभकामना सन्देशमा उनले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताए।

सन्देशमा उनले भनेका छन्,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *