छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने

गण्डकी। गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताएका छन्।
छठका अवसरमा आज जारी गरेकाे शुभकामना सन्देशमा उनले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गरेका छन् । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उनले भनेका छन् ।
सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित। फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ ।
प्रतिक्रिया
Facebook Comment