ट्रम्पको जितमा अफगानिस्तानको तालिबान सरकारले के भन्यो ?
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पनि अमेरिकामा डोनाल्ड ट्रम्पको चुनावी विजयको बारेमा प्रतिक्रिया दिएको छ ।
अफगानिस्तानको तालिबान सरकारको विदेश मन्त्रालयले सन्तुलित परराष्ट्र नीतिको आशा राख्दै आगामी अमेरिकी सरकारले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।
तालिबान सरकारको विदेश मन्त्रालयले आशा व्यक्त गरेको छ, “नयाँ अमेरिकी सरकारले अफगानिस्तानप्रति व्यवहारिक दृष्टिकोण अपनाउनेछ, जसले दुई देशबीचको सम्बन्धको नयाँ चरण खोल्नेछ।”
तालिवानको विदेश मन्त्रालयले विश्वभर चलिरहेको द्वन्द्व विशेषगरी गाजा र लेबनानमा जारी तनाव अन्त्य गर्न ट्रम्पले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गरेको छ ।
उल्लेखनीय छ कि सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि आफ्नो कार्यकालमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।
Facebook Comment