अमेरिकी राष्ट्रपति चुनावमा पहिलो पटक भएका ६ कुराहरू
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको छ । यस निर्वाचनमा केही यस्ता घटना भएका छन्, जुन यसअघि कहिल्यै भएका थिएनन् ।
डोनाल्ड ट्रम्प अपराधी प्रमाणित भए पनि राष्ट्रपति चुनाव जित्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।
७८ वर्षको उमेरमा डोनाल्ड ट्रम्प यस पदमा निर्वाचित हुने सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् ।
ट्रम्पका उपराष्ट्रपति जेडी भान्स, ४०, यो भूमिका सम्हाल्ने पहिलो मिलेनियल र संयुक्त राज्य अमेरिकाको तेस्रो कान्छो उपराष्ट्रपति हुनेछन्।
भान्सकी श्रीमती उषा भान्स भारतीय समुदायकी पहिलो सेकेण्ड लेडी बन्न तयार छिन् । उनका आमाबाबु भारतीय आप्रवासी हुन्, र उनी सान डिएगोमा जन्मे र हुर्केकी थिइन्।
सारा म्याकब्राइड डेलावेयरको सिट जितेर अमेरिकी कांग्रेसमा निर्वाचित पहिलो ट्रान्सजेन्डर व्यक्ति बनेकी छिन्।
पहिलो पटक, दुई अश्वेत महिलाहरूले सिनेटमा सँगै सेवा गर्नेछन् – डेमोक्र्याट एन्जेला अल्सोब्रुक्स र लिसा ब्लन्ट।
Facebook Comment