नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

डिसी नेपाल
२२ कार्तिक २०८१ १४:३१

काठमाडौं। नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो।

नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुँदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो। यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो।

नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ। कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो।

अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *