चुनाब जितेर पनि डोनाल्ड ट्रम्पले ७४ दिनसम्म राष्ट्रपतिको रूपमा काम गर्न नपाउने

डिसी नेपाल
२२ कार्तिक २०८१ १५:५३

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ ।

वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्दछन् ।

यस प्रक्रिया अन्तर्गत, नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छ र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ।

यस प्रक्रियाका कारण डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुने छैन। त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् ।

तथापि, राजनीतिक रूपमा उनीहरूसँग धेरै सीमित शक्ति र अधिकार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *