डोनाल्ड ट्रम्पको मन्त्रिपरिषदमा एलन मस्क मन्त्री बन्ने
काठमाडौं । अमेरिकाको आगामी राष्ट्रपति डोनाल्ड ट्रम्प हुनेछन् । त्यसयता ट्रम्पको मन्त्रिपरिषद्मा कसले स्थान पाउँछ भन्ने अड्कलबाजी भइरहेको छ ।
व्यवसायी एलन मस्कको नाम पनि अगाडि आएको छ । किनभने उनले चुनावी अभियानमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका थिए ।
डोनाल्ड ट्रम्पले पनि सरकारमा मस्कको भूमिका हुने संकेत गरेका थिए । यसबारे एलन मस्कले ट्रम्प र आफू मिलेर सरकारी खर्चको अनुगमन गर्ने विभाग बनाउने बताएका थिए । मस्कले यसलाई सरकारको क्षमता अभिवृद्धि गर्ने विभागको रुपमा व्याख्या गरेका थिए ।
बुधबार फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘अद्भुत व्यक्ति’ र ‘नयाँ स्टार’ भनेका थिए। मस्कले पनि प्रायः ट्रम्पको प्रशंसा गर्छन्।
मस्क बाहेक ट्रम्पको मन्त्रिपरिषद्मा माइक पोम्पेओ, सुसी विल्स र रोबर्ट एफ केनेडी जूनियर समावेश हुन सक्छन्। तर, यस विषयमा अहिलेसम्म कसैले केही भनेका छैनन् ।
Facebook Comment