रुस र उत्तर कोरियाबारे नेटो प्रमुखले ट्रम्पसँग छलफल गर्ने

डिसी नेपाल
२३ कार्तिक २०८१ १२:२२

काठमाडौं । बुडापेस्टमा हुन लागेको युरोपेली मुलुकका नेताहरुको बैठकअघि नेटो प्रमुख मार्क रुटेले सञ्चारकर्मीलाई सम्बोधन गरेका छन् ।

युक्रेन युद्धमा उत्तर कोरियाको भूमिका र रुसले उत्तर कोरियालाई टेक्नोलोजी प्रदान गर्ने बारे कुरा गर्दै उनले भने, “म डोनाल्ड ट्रम्पसँग बसेर यस्ता प्रकारका जोखिमहरूबारे छलफल गर्न तत्पर छु।”

उनले यी दुई देश अर्थात् रुस र उत्तर कोरियाबीचको गठबन्धन नेटोका युरोपेली सदस्य राष्ट्रहरूका लागि मात्र नभई अमेरिकाका लागि पनि ठूलो खतरा भएको बताए ।

गत महिना नेटोले पहिलो पटक उत्तर कोरियाली सैनिकलाई रुसको युद्ध मोर्चामा तैनाथ गरेको बताएको थियो । नेटोले यसलाई ठूलो उत्तेजकता भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *