सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

डिसी नेपाल
२३ कार्तिक २०८१ १४:५०

काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदित भएको हो। प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको थियो।

बैठकमा प्रस्तावित न्यायाधीशद्वय कार्ययोजना पेश गरेका थिए । त्यसपश्चात समितिले सर्वसम्मत रुपमा उनीहरुलाई सर्वासम्मत रुपमा न्यायाधीशद्वयलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गरेको हो।

यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश थिए । त्यस्तै, निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *