अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

डिसी नेपाल
२३ कार्तिक २०८१ १५:४२

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३५ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *