युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेलिरहेको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा जारी यस खेलमा युएईले पहिला ब्याटिंग गर्दै नेपाललाई १२३ रनको लक्ष्य दिएको छ । युएईले २० ओभरमा ७ विकेट गुमाउदै १२२ रन बनाएको हो ।
प्रतियोगितामा नेपाल र युएई दुवैले आफ्ना शुरुका २-२ खेल जितेका छन् । नेपाल र युएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया
Facebook Comment