ओली सरकारको कार्यशैलीप्रति शेखर कोइरालाको असन्तुष्टि

डिसी नेपाल
२४ कार्तिक २०८१ १९:१९

काठमाडौं। नेपाली काग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोईरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन्।

नेता कोईरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपुर्ण काम गर्ने गरी कांग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए। संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए।

कोईरालाले सात बुँदे सहमति कार्यान्वनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए।

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको विचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोईरालाले विपी कोईरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *