ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए। १-० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो। म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए।
यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ। त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडी रहेको छ।
प्रतिक्रिया
Facebook Comment