एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । लिभरपुलको ११ खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी रहेको छ ।
त्यसैगरी एस्टन भिल्लाको ११ खेलमा १८ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment