रूसले अफ्रिकी देशका विदेशमन्त्रीसँग वार्ता गर्दै

डिसी नेपाल
२५ कार्तिक २०८१ १०:१८

काठमाडौं । रसियाले यस शनिबार र आइतबार अफ्रिकी विदेश मन्त्रीहरूसँग बैठक आयोजना गर्दैछ। रुसको सोचीस्थित ब्ल्याक सी रिसोर्टमा हुन लागेको यस बैठकको उद्देश्य मस्कोसँगको राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धलाई सुदृढ गर्नु र यस क्षेत्रमा पश्चिमी प्रभावलाई रोक्नु हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकामा आफ्नो प्रभाव बढाउन धेरै देशहरूमा परमाणु ऊर्जा केन्द्रहरू निर्माण गर्ने वाचा गरेका छन्।

अफ्रिकाको नाइजर, माली र बुर्किना फासो जस्ता देशहरूमा कू पछि, तिनीहरूको सैन्य शासनले फ्रान्ससँगको सम्बन्ध तोडेको छ र सुरक्षा सहयोगको लागि रुसलाई खोजेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *