दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौं। भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो।
दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ। यस अघि पहिलो खेल भारतले जितेको थियो। अब सिरिजको तेस्रो खेल बुधबार हुने छ।
प्रतिक्रिया
Facebook Comment