बराबरीमा रोकिए चेल्सी र आर्सनल

काठमाडौँ । चेल्सी र आर्सनल बराबरीमा रोकिएका छन् ।
गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
यस खेलमा आर्सनलका गाब्रियल मार्टिनेलीले खेलको ६०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने चेल्सीले खेलको ७०औ मिनेटमा पेड्रो नेटोको गोलमा बराबरी गरेको थियो ।
यो बराबरीपछि चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ११ खेलमा १९ अंक रहेको छ । त्यस्तै १९ अंकनै रहेको आर्सनल गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment