वेस्ट इन्डिजविरुद्ध इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य पछाएको इङल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ ।
प्रतिक्रिया
Facebook Comment