साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला आयोजना हुने
काठमाडौं। स्थानीय उत्पादन प्रोत्साहन तथा दिगो समृद्धि प्रवर्धनः सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला” आयोजना हुने भएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन तथा आर्थिक विकासको प्रवर्धन गर्ने उद्देश्यले एलोई प्राइभेट लिमिटेड र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी को साझेदारीमा “सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला आयोजना हुने भएको हो।
यस कार्यक्रमलाई प्राकृतिक स्रोत महिला अधिकार संजाल जिल्ला वन कार्यालय, हेटौंडा उप-महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघलेले पनि समर्थन गरेका छन्। मेला कात्तिक २९ र ३० गते पल्पसा मल, हेटौंडामा हुने भएको हो।
मेलामा हस्तकला सामाग्री, स्थानीय उत्पादन, खाद्य स्टल र विभिन्न कृषि सम्बन्धी उत्पादन राखिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरुका लागि सम्बन्ध सुधार र नेटवर्किङ, जीविका सुधारलगायत विषयमा फाइदा हुने जनाइएको छ।
एलोई प्राइभेट लिमिटेडले उद्यमीसमूहरूलाई डिजिटल प्रणाली मार्फत वित्तीय पहुँचमा मदत पुर्याउँदै आएको छ । २०१९ मा स्थापित यस संस्था काभ्रे, धादिङ, ईलाम, बर्दिया, सल्यान, कैलाली, मकवानपुर र चितवनका विभिन्न क्षेत्रहरूमा सक्रिय छ ।
सामुदायिक वन उपभोक्ता समूह उद्यम बजार मेला, नयाँ नयाँ सम्भावना पहिचान जस्ता कदम मार्फत बजारीकरणलाई जोड दिन, सामुदायिक वन उपभोक्ता समूहका व्यवसाय क्षमताहरूलाई सुदृढ गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आएको छ।
Facebook Comment