माओवादी केन्द्रद्वारा उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन

डिसी नेपाल
२६ कार्तिक २०८१ १२:३५

काठमाडाैं। नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ।

सोमबार ललितपुरको खुमलटारस्थित पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

बैठकले निर्वाचनमा पार्टीलाई जित दिलाउनका लागि योजना र कार्यक्रम समेत बनाउँदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए।

त्यस्तै बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बैठकले मङ्सिर मसान्तसम्म पालिकासभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा सरकारको उपस्थिति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारबिरुद्धको खवरदारीलाई शसक्त रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए।

उनले अग्रमन र जनताको अधिकार बढाउने बिषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *