एनपीएलको दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा छः पारस खड्का
काठमाडौं। नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको बताएको छ।
एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्र रुपले अघि बढिरहेको बताएका हुन्।
लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए। खड्काले फ्रेन्चाइज लिगका लागी चूनौतीको रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे । खेल र खेलाडीको बिकाससंगसंगै क्रिकेटमा आकर्षण बनाउन लागि पनि लिग महत्वपूर्ण हुने उनले बताए।
अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए। सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा नै निगरानी हुने जानकारी दिए। लिग अवधि भर एन्टीकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ।
एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
Facebook Comment