इस्लामिक राष्ट्रहरूका नेताहरूको साउदी अरबमा भेला
काठमाडौं । अरब र मुस्लिम देशका नेता सोमबार साउदी अरेबियाको राजधानी रियाद पुगेका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित छ।
साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाका अनुसार ” प्यालेस्टाइन र लेबनानी क्षेत्रहरूमा क्रूर इजरायली आक्रमणहरू सहित बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ।”
यस सम्मेलनको मुख्य प्राथमिकता प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु रहेको छ।
रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् ।
“म रियाद पुगेको छु, जहाँ म गाजामा द्रुत रूपमा बिग्रँदै गएको अवस्थाबारे छलफल गर्न र प्यालेस्टिनीहरूको अधिकारको लागि बोल्न संयुक्त अरब इस्लामिक शिखर सम्मेलनमा सहभागी हुनेछु,” उनले ट्वीटरमा लेखेका छन् ।
उक्त कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार पनि सहभागी हुँदैछन् ।
Facebook Comment