नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने
काठमाडौं। नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिमले एसिया कप खेल अघि भारतको कर्नाटकाको यू-१९ सँग ५ अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानी क्रिकेट मैदानमा एशिया कप खेल्ने नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग ५ एकदिवसीय खेल खेल्ने भएको हो।
यी खेलहरु पहिलो खेल नोभेम्बर १३ मा, दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र नोभेम्बर २१ मा पाँचौं खेल हुने भएको हाे।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ हुने यू-१९ एशिया कपमा भाग लिदै छन्।
एशिय कपमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ।
Facebook Comment