माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा

डिसी नेपाल
२८ कार्तिक २०८१ ११:४४

काठमाडौं। नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मेयर तथा दुई वडाको वडा अध्यक्षको घोषणा गरेको छ। बुधबार बिहान एक कार्यक्रम गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवार घोषणा गरेका हुन्।

माओवादी केन्द्रले मेयर पदमा प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ। त्यस्तै किर्तिपुरको वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ।

त्यस्तै कीर्तिपुरको मेयर पदमा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन्। त्यस्तै राप्रपाले मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ भने किर्तिपुरको मेयर पदका लागि सरसफाई अभियानकर्ता राजमान मानन्धरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसले भने मेयर पदका लागि नगर समितिका सभापति कृष्णमान डङ्गोलको नाम पहिलो नम्बरमा राखेर ११ जनाको नाम सिफारिस गरेको छ। जसमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, सङ्गीता बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन रहेका छन्।

कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। उनी कांग्रेसबाट विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *