मानिसको उत्पत्ति कहाँ भयो ?
आपद्विपद्मा प्राणीले आफन्त र मूलस्थानलाई सम्झन्छ। भारतबाट मुसलमानहरूले वैदिक धर्मावलम्बीहरूलाई लखेट्दा, तिब्बतबाट दलाई लामा भारततिर लागेपछि उनका अनुयायी आरक्षणका लागि, भुटानबाट धपाइँदा नेपालीभाषीहरूले सुरक्षाका लागि नेपाललाई नै रोजे।
कोभिड र महाभूकम्पमा अधिकांश मानिसहरू शहर र सदरमुकाम छोडेर जन्मथलो फर्केझैँ आर्यावर्तमा मानिसहरू नेपालको हिमाल, पहाड र कन्दरामा आएको इतिहास छ। राजनीतिक शरण, दैवी विपत्ति साधना आदिका लागि नेपाल आउने भएकाले प्राणीहरूको मूलस्थल, मानवजातिको उत्पत्तिस्थल भएको पुष्टि हुन्छ।
यही भूमिको ऊर्जामा ब्रम्ह(परमात्मा)ले ब्रम्हाजीको उत्पत्ति गरी वेद दिएर सृष्टिको जिम्मेवारी सुम्पिए। हिमालीक्षेत्र तथा मानसरोवरमा रही ब्रम्हाजीले भुवन, भूत (प्राणी) आदिको सृजना गरे अर्थात् सृष्टिको नर्सरी बनाए।
कार्य गर्न सहज होस् भनी यहाँको माटो, जल र वनस्पतिको स्वरूपलाई अक्षर, यन्त्र एवं मुद्राकार निर्माण गरेकाले नेपालमा गरिएको साधना छिट्टै सिद्ध हुन्छ। यहाँका अग्ला पर्वतहरू पानीमाथि तैरन थाले, हिउँहरू पग्लदै गएपछि ब्रह्माजीलाई सृष्टि गर्न सहज भयो।
हिउँ र पानीको पवित्रतामा शक्ति, शान्ति र प्रजनन् क्षमता भएकाले हिमालयलाई महादेवले निबास बनाए, विष्णुले समुद्रमाथि नागको आसन कसे, ब्रम्हाजी यहीँको जलकमलमाथि बसेर ब्रम्हचिन्तन गरे। पृथ्वी जलमग्न भएको अवस्थामा सम्पूर्ण जीवको अस्तित्वलाई डुङ्गामा राखेर मत्स्य भगवान्ले हिमालयको टुप्पोमा सुरक्षित राखे।
यसैलाई सगरमाथा भनिएको विषयमा वैदिक साहित्य, पुराणलगायतका ग्रन्थ तथा साधकहरूले संकेत गरेका छन्। यसको नाम स्वर्गको माथा (टाउको), स्वर्गमाथाबाट अपभ्रंश हुँदै सगरमाथा रहन पुग्यो। इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथा नाम यहीकारण राख्नुभएको चर्चा योगीराज नरहरिनाथजी महाराजले गर्नुहुन्थ्यो।
जलमग्न पृथ्वीमा पानीको मात्रा कम हुन थालेपछि सगरमाथालगायतका अग्ला हिमालीक्षेत्रमा जीवको जन्म, वनस्पतिको अंकुरण, प्रकृतिको आवास भयो। २,४०० किलोमिटर लामो हिमालयपर्वतका अधिकांश अग्ला र ऊर्जाशील भाग नेपालमा पर्दछन्।
हाम्रा हिमालका चोटीहरूमा महादेव र पार्वती, गुफाहरूमा देवीदेवता, नदी किनारामा ऋषिमुनि, तीर्थस्थलहरूमा सिद्धपुरुषहरू भेटिन्छन्। तिनीहरूलाई चिन्ने शक्ति, थाहा पाउने विधि, पहिचान गर्ने चेत, संकेतको सूचना बुझ्ने शक्ति हामीसँग हुन जरुरी छ। मन्वन्तर, कल्पले आर्यावर्तमा मानवहरू रहेको लाखौँ वर्ष भइसकेको बताउँछ।
यही छटामा प्रकृति प्रकट भइन्, मानवसृष्टिको पहिलो कोख बन्यो, वनस्पतिको प्रथम घर, जन्मको पहिलो गृह भयो। ब्रम्हाजीको मनबाट मानसरोवर एवं त्यस वरपर उत्पन्न भई, माटोलाई माता संझेर मनुस्मृतिअनुसार जीउनलाई मानव भनियो।
पुराणका अनुसार ब्रम्हाजीले हिमाली क्षेत्रबाट मनको शक्तिद्वारा (मानस) सृष्टि गरे, शब्दशक्तिद्वारा शास्त्र बनाए, दैवी ऊर्जाबाट वनस्पति पलाए, जीवहरू सल्बलाए, पंक्षीहरूले पखेँटा फट्फटाए।
भूऊर्जा र परमात्माको कृपाद्वारा ब्रम्हाजीले चार मुखबाट चार वेद, चार युग, चार जातको उत्पन्न गरी प्राणीमा ज्ञान, प्रकृतिमा प्राणको सञ्चार गरे। महादेवले हिमालीक्षेत्रमा तन्त्र, योग, व्याकरण, आयुर्वेद आदिको शिक्षा दिए। सरस्वतीले हिमालमा पाइने कमल एवं राजहाँसमा बसेर ज्ञान, संगीत एवं साधनाको बिजारोपण गरिन्।
विश्वामित्रले गौरीशंकरहिमालको साधनाबाट गायत्री मन्त्र पाए, मनुले गोरखाको मनास्लुमा तप गरी मनुस्मृति तयार गरे, अन्नपूर्णादेवीले अन्नपूर्णाहिमालबाट अन्न र सहकालको विस्तार गरिन्, कुम्भकर्ण र माछापुच्छ्रे हिमालको आकारले यन्त्र निर्माण गर्ने विधि सिकाए।
हिमालीक्षेत्रमा रावणदेखि विश्वामत्रि, मनु, ऋषभदेव, मिलरेपालगायतको साधना केन्द्र भयो। भूगोलको कृपाले हामी ज्ञानका उपासक भयौँ। नेपालीको स्वभाव र स्वरूपमा देवीदेवताको बिम्ब, ऋषिमुनिहरूका आदत, सिद्धहरूका जीवनशैली पाइन्छन्।
सृष्टिसँगै आर्यावर्तमा ज्ञानको जन्म, विज्ञानको अंकुरण, जीवनको प्रादुर्भाव हुनाले यहीँबाट परिवार, समाज र राष्ट्रका अवधारणको विकास तथा प्रयोग भयो। मेरुको दक्षिण, मानसरोवरमाथि वैवस्वत मनुले यमपुर बसाएका थिए। ध्रुवले उत्तरीधुव्रमा, कुबेरले हिमालीक्षेत्रमा, ऋषिमुनिहरूले पहाड र नदीकिनारामा बस्ती बसाए।
मानसरोवर एवं गोसाइँकुण्ड देवीदेवता र ऋषिमुनिका लागि, भैरवकुण्ड तथा राक्षसताल तान्त्रिकका लागि पहिलो तीर्थस्थल बन्यो। पुर्खाहरूले आफ्नो बस्तीनजिकै देवीदेवताका मन्दिर तथा मूर्तिहरू स्थापना गरे, विभिन्न कुण्ड र घाटहरूका पूजा गरे। विभिन्न कारणले हिमाल र पहाड छोड्दै गएकाले अधिकांश तीर्थस्थल र देवस्थलहरू बन्न पुगेर आजसम्म दर्शनीय भइरहेका छन्।
तत्प्रयातौषधिप्रस्थं सिद्धये हिमवत्पुरम्।
महाकोशीप्रपातेस्मिन् समः पुनरेव नः।।–कुमारसंभव (६।३३)
अर्थात् “हिमालयको शहर औषधिप्रस्थतर्फ कामका लागि पाल्नुहोस्। महाकोशीका भीरमा तपाईंसँग फेरि भेटौँला।” नेपालका विभिन्न नदी तथा पर्वत हुँदै देवीदेवता र ऋषिमुनिहरू तिब्बतदेखि दक्षिण भारतसम्म आउनेजाने गर्थे।
उनीहरू जहाँजहाँ पूगे ती स्थानमा देउराली, भूमे, स्थानी आदिका स्वरूपमा अद्यापि अनुष्ठान गरिन्छ। महादेवका ससुरा हिमालयको राज्य हिमाल भएका कारण पार्वतीलाई हिमालयपुत्री, पर्वतश्रृङ्खलामा जन्मिएकीले पार्वती भनियो। मनलाई शुद्धीकरण गर्ने, महादेवलाई चिनाउने, मको अर्थ बुझाउने जलाशयलाई मानसरोवरताल भनियो।
यसको ऊर्जा प्रवाह हुने क्षेत्रलाई मानसक्षेत्र भनियो। यसैले ॐकार परिवार (हिन्दू, बौद्ध, जैन आदि)का लागि मानसरोवर र कैलाश तीर्थस्थल एवं पुख्यौँली थलो बन्न पुग्यो। ब्रम्हाजीको मनबाट सनक, सनन्दन, सनातन, सनत्कुमारलगायतका मानसपुत्र (ऋषि) अर्थात् मानव उत्पन्न भए। मानसरोवरको आकार झण्डै सूर्यसँग र राक्षसतालको आकार चन्द्रमासँग मिल्ने भएकाले सूर्य तथा चन्द्रवंशी राजाको अवधारणा विकास भयो।
नेपालको झण्डामा समेत चन्द्र र सूर्यलाई राखियो। युग परिवर्तनसँगै मन वा संकल्पबाट सृष्टि हुन छोड्यो र छोएर (स्पर्शद्वारा) सृष्टि हुन थाल्यो। सृष्टिको दोस्रो चरणमा पुग्दा प्राणी उत्पन्न गर्न मन र मन्त्रको संयोग हुन आवश्यक भयो। दीर्घतमा ऋषिले छोएर गर्भधान गराएका थिए।
ब्रम्वैवर्तपुराण र वायुपुराणमा कुनै पनि पदार्थलाई छोएर प्राणी गर्भधान भएका वर्णनहरू छन्। मनलाई मन्त्रले शुद्ध, चिन्तनले ज्ञानलाई घनीभूत, साधनाले तपलाई सबल बनाएमा अझै पनि मनबाट सृष्टि संभव छ। सृष्टिको तेस्रोचरणमा आइपुग्दा जन्मनका लागि मन, मन्त्र र पदार्थको संयोग आवश्यक पर्यो।
शरीरको कुनै भाग, यज्ञ वा कुनै पनि पदार्थमा मन्त्र वा तन्त्रको प्रयोगद्वारा सन्तान उत्पादन गरियो। गणेशलाई पार्वतीले जीउको मैलाबाट उत्पन्न गरिन्। राजा वेनलाई मथ्दा पापांशबाट निषाद र पुण्यांशबाट पृथुको उत्पन्न भयो। त्रेतायुगमा वाल्मीकिले कुशलाई मन्त्रशक्तिद्वारा मानवमा परिणत गरी सीता र रामका पुत्र कुश उत्पन्न गरे।
धृष्टधुम्न र द्रौपदीको जन्म यज्ञकुण्डबाट भयो। पतञ्जलिको जन्म हातबाट खस्दै गरेका पानीबाट भयो, कबीरको जन्ममा पनि यस्तै रहस्य जोडिएको छ। गोबरबाट गोरखनाथ र गोमा आदि उत्पन्न भए। वेदव्यासले दृष्टिशक्तिको सहयोग लिई अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासीबाट विदुरलाई जन्म दिए।
सृष्टिसँगै आर्यावर्तमा ज्ञानको जन्म, विज्ञानको अंकुरण, जीवनको प्रादुर्भाव हुनाले यहीँबाट परिवार, समाज र राष्ट्रका अवधारणको विकास तथा प्रयोग भयो। मेरुको दक्षिण, मानसरोवरमाथि वैवस्वत मनुले यमपुर बसाएका थिए। ध्रुवले उत्तरीधुव्रमा, कुबेरले हिमालीक्षेत्रमा, ऋषिमुनिहरूले पहाड र नदीकिनारामा बस्ती बसाए।मानसरोवर एवं गोसाइँकुण्ड देवीदेवता र ऋषिमुनिका लागि, भैरवकुण्ड तथा राक्षसताल तान्त्रिकका लागि पहिलो तीर्थस्थल बन्यो।
मानसपुत्रबाट शारीरिक सृष्टि संभव नभएपछि ब्रम्हाजीले शिवजीको ध्यान गर्नुभयो। शिवजीले अर्धनारीश्वरको रूपमा ब्रम्हाजीलाई दर्शन दिई कामदेवको उत्पन्न गर्नुभयो। यसपछि चौथो चरणमा शारीरिक सम्पर्कबाट सन्तान उत्पादन हुन थाले। परमात्माबाट देवता, देवताबाट ऋषिको, ऋषिबाट मानिसको उत्पत्ति भयो।
देवीदेवताको शरीर तेजबाट, ऋषिको शरीर ज्ञानबाट, मानिसलगायतका प्राणीहरूको शरीर कर्मभोगबाट बन्यो। द्वापरयुगपछि ऋषिमुनिहरूको जन्म नभई मानिसको मात्र जन्म हुन पुग्यो।
मरीचिका पुत्र कश्यपले दक्ष प्रजापतिका १३ पुत्री विवाह गरे। जसमध्ये दितिबाट दैत्य, अदितिबाट आदित्य (सूर्य आदि तारा), दनुबाट दानव, कद्रुबाट सर्प, विनिताबाट पंक्षी आदिको मानससृष्टि गरे। स्वयम्भुव मनु र शतरूपाबाट पहिलोपटक शारीरिक सम्बन्धद्वारा सन्तान जन्माउन थालियो।
मानिसलाई मर्यादित तुल्याउन मनुले मनुस्मृति नामक संसारकै पहिलो लिखित कानुन तयार गरे। एउटै ऋषिमुनिबाट हजारौँ छोराछोरी जन्मिएको वर्णन पुराण आदि ग्रन्थमा भेटिन्छन्। सन्तान दुई प्रकारका हुन्छन्। पहिलो सन्तान मानससृष्टि र शारीरिक सम्बन्धबाट जन्मिएका नाद सन्तान।
दोस्रो दीक्षा दिएका शिष्य-चेला जो बिन्दु सन्तान हुन्। शिक्षित, दीक्षित र प्रशिक्षित भएकाहरूलाई पनि पुत्रपुत्री मान्दा हजारौँ सन्तान भए। उदाहरणका लागि वैष्णवलाई विष्णुका सन्तान, शैवलाई शिवको सन्तान, बौद्धलाई बुद्धको सन्तान भनियो। यो चिन्तन नेपालबाट शुरु भएकाले एउटैका हजारौँ सन्तान हुन पुगे।
सृष्टिमा वासना, शारीरिक सम्पर्कको आवश्यकता पर्दैन। ब्रम्हाजीले लाखौँ प्राणी र वनस्पतिलाई जन्माएका होइनन् सृष्टि गरेका हुन्। जन्माएकाहरूमा षड् विकार हुन्छ, प्रकृतिको प्रकोप पर्छ तर सृष्टि भएकामा यी प्रभाव पर्दैन। सृष्टि भएकाहरूले एकअर्काको भाषा र भाव बुझ्छन्। सृष्टि गर्ने तागत देवीदेवता र ऋषिहरूमा थियो। गर्भाधान वा गर्भाधानविना सृष्टि हुन्थ्यो जो वैदिक सृष्टिको अनुपम उदाहरण हो।
ऋषिमुनिहरू पानी पिएर, हावा लिएर, कन्दमूल तथा जडीबुटी खाएर हजारौँ वर्ष बाँचे। जलको जागृति, जुडीबुटीको संग्रहालय, खनिज र औषधिको भण्डार, भूमि र प्रकृतिको शक्तिले ऋषिमुनिको अध्ययन, अनुसन्धानमा सहयोग पुग्यो, आयु लामो भयो, चिन्तन फराकिलो बन्यो, स्वास्थ्य राम्रो भयो।
नेपालमा सृष्टि, प्रजनन्, संरक्षण र वृद्धि गर्ने तागत भएकाले जीवात्माहरूको सृष्टि, प्राणीहरूको जन्म, ज्ञानको उत्पत्ति भयो। हिमाली हावापानीले शरीर बलियो, मनलाई शुद्ध, सोचलाई ऊर्जावान् गराउने हुँदा महादेवलाई रावणले यहीँ प्रसन्न गराए।
कैलाश र नेपालको गोकर्णमा तपस्या गर्दासम्म ज्ञानी थिए, दशानन भए, लंका पुगेपछि अंहकार बढेर रावण बने। रावणले नेपाल छोडेपछि कुबेरको पुष्पक विमान लुटे, सीतालाई अपहरण गरे, विभीषणलाई दरबारबाट निकाले अर्थात् दशा लाग्न थाल्यो।
नेपालको रहस्य बुझ्न यहाँको भूगोल, प्रकृति, शास्त्र, समाज र जमिनलाई पढ्नुपर्छ, सोध्नुपर्छ, चिन्तन गर्नुपर्छ। देवीदेवतादेखि ऋषिमुनिसम्म, पशुपंक्षीदेखि मानवसम्म बाहिरबाट आएको वेदले बताउँदैन, पुराणले पुष्टि गर्दैन, त्रिपिटक र मुन्धुमले स्वीकार गर्दैन यसकारण सृष्टि र जन्म नेपालबाटै भयो।
नेपालका अधिकांश चुचुरा, पहाड, नदी आदिको नाम अफ्रिकामा प्रचलित भाषाबाट होइन संस्कृत तथा स्थानीय भाषाबाट राखिएका छन्। आजभन्दा झण्डै २१,६५,१२१ वर्ष अगाडि (सत्ययुगमा) ब्रम्हा, विष्णु, महेश्वर, दुर्गा, पारुहाङ आदिको प्रिय भूमि नेपाल बन्यो।
नेपालका अधिकांश हिमश्रृत्रला, कुण्ड, भञ्ज्याङ, थुम्का, पोखरी, गुफालगायतका स्थान ऊर्जाशील भएकाले हरेक कार्यका लागि उपयुक्त छन्। यहाँ शक्तिदायक वनस्पति, मनोरम प्रकृति, ज्ञानी प्राणी, जिवित भूमि, दर्शनीय तीर्थस्थलहरू भएकाले जीवात्माको जन्म हुन गयो।
नेपालीले देवीदेवता बसेको स्थानलाई देवस्थल, ऋषिमुनिहरूले साधना गरेको ठाउँलाई तीर्थस्थल, साधुसन्तले ईश्वर चिन्तन गरेको जलप्रवाहित भूमिलाई पुण्यस्थल, अध्ययन गरेको ठाउँलाई ज्ञानभूमि, परमात्माको चिन्तन गरेको माटोलाई ध्यानभूमिको नामले चिनाए।
नेपालमा ऋषि र साधुसन्तहरूले जप, तप गर्दैगर्दा अफ्रिकामा उभयचर प्राणीको जन्मसमेत भएको थिएन। आर्यावर्तमा देवासुर संग्राम हुँदै गर्दा, ऋषिहरूले वेदको व्याख्या गर्दैगर्दा अन्य महादेशमा अमिबाहरू दुई कोषीय जीवमा फड्का मार्न सकेका थिएनन्, अफ्रिकामा वनमान्छेको अजा (हजुरबा)सम्म गर्भमा आएका थिएनन्।
अध्ययन एवं अनुसन्धानका लागि वातावरण शान्त, बाँच्नलाई खाद्यान्न, ध्यान गर्दा उपयुक्त भूमि हुनुपर्छ। अफ्रिकाको मैदानलाई पानीले छोड्नुपूर्व टेथिससागरलाई हाम्रा पहाड र हिमालले धकलेर हिन्द र प्रशान्त महासागरमा पुर्याइदिएका थिए।
गरिब राष्ट्रका विद्यार्थीलाई मानिसको पिता अमिबा एवं उत्पत्तिस्थल अफ्रिका भनी कण्ठस्थ गराइँदैछ। अफ्रिकामा हिन्दूका कुनै तीर्थ, देवीदेवता, ऋषिको आश्रम, साधुसन्तको मठ, धर्मग्रन्थ लेख्ने मसी, पुस्तक बनाउने कलासमेत छैन। त्यहाँ वेदको सुगन्ध, त्रिपिटकको बासना, मुन्धुमको सुवास भेटिँदैन। किन कि त्यो हाम्रो पुर्खाको जन्म र पैतृक स्थल होइन।
परमात्माले ब्रम्हाण्ड बनाए, देवीदेवताले जीवात्मा र जगत्को कल्याण गरे, ब्रम्हाजीले मनद्वारा ऋषिमुनिहरूको सृष्टि गरे। ऋषिमुनिहरूले मानिसलाई जन्माउने काम गरे। मानिसलाई सामाजिक प्राणी बनाउन ऋषिमुनिले यहीँ मूर्ति र मन्दिरको निर्माण गरे, तीर्थस्थल र देवस्थल बनाए। देवीदेवताले शास्त्र पढाए, परमात्माको चिन्तन गरे।
ऋषिमुनिहरूले ग्रन्थ लेखे, अध्यापन गराए। मानिसले पढे अनि पुस्तक लेखे। पुर्खाहरूले यहीँको भूऊर्जामा योग, तन्त्र, मन्त्र र शस्त्रलाई परीक्षण गरी परिणाम हेरे। नेपालका विभिन्न स्थानमा उत्खनन् गर्दा देवीदेवताका मूर्ति, पुराना भाँडाकुडा, अद्भूत हातहतियारहरू फेला परेका छन्।
अफ्रिकामा मानव सभ्यताको मिर्मिरे नहुँदै हाम्रा पुर्खाले शस्त्र, अस्त्र, प्रविधि र यन्त्रहरूको आविष्कार गरेको तथ्य रामायण, महाभारत, तन्त्रकाग्रन्थ र पुराणहरूले बताउँछन्। यी कार्यहरूमा सहयोग गर्न रामापिथेकस, होमोस्यापिन्स आदि मानवहरू नेपाल आएका थिएनन्।
नेपालका अधिकांश चुचुरा, पहाड, नदी आदिको नाम अफ्रिकामा प्रचलित भाषाबाट होइन संस्कृत तथा स्थानीय भाषाबाट राखिएका छन्। आजभन्दा झण्डै २१,६५,१२१ वर्ष अगाडि (सत्ययुगमा) ब्रम्हा, विष्णु, महेश्वर, दुर्गा, पारुहाङ आदिको प्रिय भूमि नेपाल बन्यो।
महादेवले कालकुट विष पिएर गोसाइँकुण्ड एवं भस्मासुरले लखेट्दा हलेशीलाई बासस्थान बनाए। दामोदरकुण्डसँग विष्णुको, भैरवकुण्डसँग भैरवको, दुधकुण्डसँग प्रकृतिको, सूर्यकुण्डसँग सूर्यको, सभापोखरीसँग ऋषिहरूको सम्बन्ध छ। कागभुसुण्डीले मनाङजिल्लाको तिलिचो तालमा तपस्या गरे।
शुम्भ, निशुम्भ र महिषासुरलाई दुर्गाले यहीँ बध गरिन्। च्यवन ऋषिले च्यवनप्रास खुवाएर यहाँका जनतालाई स्वस्थ बनाए। आर्यावर्तमा इन्द्र, मनु, हरिश्चन्द्र, जनकजस्ता शासक थिए।
त्रेतायुग (८,६९,१२१ वर्षअगाडि) भगवान् राम, सीता, जनक आदिको अस्तित्व यहीँ थियो। दक्षप्रजापति र महादेवको युद्ध, शुम्भ र देवीको युद्ध, समुद्रमन्थन, राम र रावणयुद्ध, महाभारतयुद्ध हुँदा अफ्रिकामा राज्यको जन्म एवं शासनप्रणालीको अंकुरणसमेत भएको थिएन।
वैदिक धर्ममा गोत्र र प्रवरको, किरात समुदायमा सामे र पाछाको प्रयोग गराउन अफ्रिकाबाट नियन्डरथलमानव आउनुपरेन। सामे र गोत्रलाई सूक्ष्म विश्लेषण गरिएमा चारै वर्णका नेपालीहरू भारतबाट आएको वा मंगोलियाबाट आयात नभएको प्रष्ट हुन्छ।
किरात क्षेत्रका जलाशय, जमिन, जडीबुटी र जनजीब्रोले पारुहाङ र सुम्नीमाकै जिनलाई जिवित राखेका छन्। लामा नाक हुन् वा थेप्चा, संस्कृतभाषा बोलून् या थारुभाषा, शिव पुजून् वा पारुहाङ मानून्, बुद्धलाई भजून् वा बोनधर्मलाई स्वीकारुन् ती सबै यहीँ उम्रिएर फलेफूलेका हुन्। बाहिरबाट पलाएका ऐजेरु र आश्रय लिन आएका वनमारा होइनन्।
ब्रम्हाले प्रारम्भमा जुन प्राणीको शरीर र स्वभावजस्तो बनाउनुभयो, तिनका सन्ततिको संरचना आजसम्म उस्तै छ र भोलि पनि त्यस्तै हुन्छ। बिरालो कहिल्यै बाघमा, बाघ कहिल्यै घोडामा रूपान्तरण हुँदैन, न त करेलोको लहरो पिपल बन्न सक्छ, न त तुलसी नै सिस्नोमा परिवर्तन हुन्छ।
वातावरण तथा भूगोलले मानिसको दिनचर्या, भाषा, पहिरन, स्वभाव र रङमा असर पार्ला तर शारीरिक अड्डमा रूपान्तरण गर्दैन। आर्यावर्तको इतिहास, भूगोल, प्रकृति, शास्त्र आदिले हिमाली क्षेत्रमा जीव र जीवनको उत्पत्ति तथा विकास भएको बताउँछन्। विपश्वी, कक्रुच्छन्दलगायतका बुद्धहरू यस भूमिका रत्न थिए।
स्वयम्भूमहापुराणका अनुसार हस्तिनापुरमा फैलिएको महामारी रोक्न नेपालको साँखुमाथिको मणिचूडपर्वतमा ध्यानस्थ राजा मणिचूडको शिरमणि लिन ब्राम्हणहरू आएका थिए। यहाँका साधक र राजाको तागत के थियो बुझ्न बौद्ध ग्रन्थ अध्ययन गरे पुग्छ।
बाइबल एवं कुरानमा समेत अफ्रिकाबाट प्राणीहरू विभिन्न क्षेत्रमा गएको वर्णन पाइँदैन। महापुरुष बुद्धलाई मानौँ या कन्फुसियस, कृष्णलाई मानौँ या जिसस, सबै एशियाकै उत्पादन हुन्।
महादेवले कालकुट विष पिएर गोसाइँकुण्ड एवं भस्मासुरले लखेट्दा हलेशीलाई बासस्थान बनाए। दामोदरकुण्डसँग विष्णुको, भैरवकुण्डसँग भैरवको, दुधकुण्डसँग प्रकृतिको, सूर्यकुण्डसँग सूर्यको, सभापोखरीसँग ऋषिहरूको सम्बन्ध छ। कागभुसुण्डीले मनाङजिल्लाको तिलिचो तालमा तपस्या गरे।
देवीदेवता, ऋषि, धर्म, धर्मगुरु, भाषा, विज्ञान, सभ्यता सबै एशियाले जन्माउने, श्रेय अफ्रिकाले लिने ? ५ हजार वर्षअगाडि वेदव्यासले वेदको विभाजन गरे, पुराण र महाभारतमहाकाव्य लेखे। एशियामा धर्मग्रन्थ लेखिँदा, राजनीतिक जागरण आउँदा, शैक्षिक विकास हुँदा अफ्रिकामा जनावर र पंक्षीहरूकै साम्राज्य थियो।
महादेवको डम्बरु, विष्णुको गदा र चक्र, सरस्वतीको वीणा, ब्रम्हाकाे वेद, नारदको एकतारेले मानवको पैतृक थलो नेपाल तथा हिमाली क्षेत्र भएको पुष्टि गर्छ। मैक्समूलरले मध्यएशिया, दयानन्द सरस्वतीले तिब्बत, उमेशचन्द्र दत्तले मंगोलिया, डा. ई. आ. एलंसले हिमालीक्षेत्र, भाषाशास्त्री टेलर र पुरातत्वविद् अविनाशचन्द्र दासले काश्मीरलाई मानवको उत्पत्तिस्थल मानेका छन्। विदेशीहरू नेपाल र हिमाललाई मानव विकासको केन्द्र भन्ने हाम्रा विद्वान् र राजनीतिज्ञ अफ्रिकालाई मान्ने कस्तो विडम्बना ?
मानवका पुर्खाहरू नेपालका हिमाल, आर्यावर्तका पहाडीक्षेत्रका आदिबासी थिए। हामी देवीदेवता, ऋषिमुनि, सिद्ध, बुद्ध, वराह, मस्ट आदिका सन्तति हौँ भन्ने तथ्यलाई हाम्रो माटो, शरीर, संस्कार, शिक्षा र चिन्तनले प्रष्ट पार्छ।
कुलदेवता र देवीदेवता यहीँका, जीव र जीवन उत्पादन गर्ने भूगोल यहीँको अनि अफ्रिकालाई जश दिँदा पुर्खा, इतिहास र माटोमाथि न्याय हुन्छ ? यही भूमिमा जन्मिएको संस्कृतभाषासँग नेपाली, हिन्दीमात्र होइन अङ्ग्रेजीभाषासँग पनि निकट सम्बन्ध छ।
अफ्रिकाको लिपि, भाषा, पूजा, जीवनशैली, संस्कृतिसँग हाम्रो केही मिल्दैन। हाम्रा चिन्तन, पुरातत्व, पूजा, शास्त्र आदिसँग विभिन्न महादेशको आदिम संस्कृति र जीवनशैली मिल्छ।
नेपालमा प्रचलित पूजा, उपासना, ध्यान, मन्त्र, तन्त्र, यन्त्रका अस्तित्व अन्ताराष्ट्रमा कसरी पुग्यो भनी खोजेमा सत्यतथ्य भेटिन्छ। पश्चिमी जगत्ले केही वर्षयता आयुर्वेद, योग, ज्योतिष, दर्शन, संस्कृतभाषा, तन्त्रलगायतको अध्ययनमा लगानी बढाउँदै गएका छन्। यी ज्ञान हामीलाई अफ्रिकाले सिकाएको होइन।
श्रीमद्भागवतमहापुराण ( ११।९।२८)का अनुसार ‘ब्रम्हाजीले वृक्ष, सरीसृप, पशुपंक्षी, माछा आदिको सृष्टि गर्दा सन्तुष्ट र आनन्दित हुनुभएन। मानिसको उत्पत्तिपछि उहाँलाई अपार आनन्द र खुसी लाग्यो।’
बुटवलस्थित तिनाउ नदी किनारमा फेला परेको रामापिथेकसको हड्डीले झण्डै एक लाख वर्षअघिदेखि नेपालमा मानिस बस्न थालेको पुष्टि हुन्छ। नेपालका हिमालमा भेटिएका जीवाशेषहरू ऋषिमुनि र साधुसन्तका हड्डी हुन्।
रामायणका अनुसार भगवान् रामले हनुमान्लाई आफ्नो देहावसानपछि कागभुसुण्डीलाई राम नाम लेखिएको औँठी दिनु भनेअनुसार बुझाउन गए। कागभुसुण्डीले भने– “यो युगका रामले देहत्याग गरी सके ?” हनुमान्ले भने-यसअघि पनि राम आएका थिए र?
कागभुसुण्डीले- हरेक युगका रामले देहत्याग पछि आफूलाई पठाएको औँठी राख्ने ओखल देखाए। हनूमान्ले ओखलमा राम लेखेका प्रशस्त औँठी देखे। कागभुसुण्डीले मनाङको तिलिचोतालमा तपस्या गरेकाले ती औँठी यही भूगोलमा भेटिन सक्छन्। त्रेतायुगमा जनकले जनकपुरमा राज्य गर्थे जहाँ अष्टवक्रले अष्टवक्रगीता लेखे। नेपालका अनेक स्थानमा लाखौँ वर्षपूर्व ऋषि, शासक र साधकहरू रहेको प्रष्ट हुन्छ।
हाम्रा हिमालका चोटीहरूमा महादेव र पार्वती, गुफाहरूमा देवीदेवता, नदी किनारामा ऋषिमुनि, तीर्थस्थलहरूमा सिद्धपुरुषहरू भेटिन्छन्। तिनीहरूलाई चिन्ने शक्ति, थाहा पाउने विधि, पहिचान गर्ने चेत, संकेतको सूचना बुझ्ने शक्ति हामीसँग हुन जरुरी छ। मन्वन्तर, कल्पले आर्यावर्तमा मानवहरू रहेको लाखौँ वर्ष भइसकेको बताउँछ।
हलेशी, मुक्तिनाथ, गोसाइँकुण्ड, पाँचपोखरी, जनकपुर, पशुपतिलगायतका पुण्य भूमिमा आदिम मानवले पहिलो बस्ती बसाले। यसकारण यी स्थान श्रद्धाका केन्द्र हुन पुग्यो। महादेव, पारुहाङ, विष्णु, देवी, दुर्गा, बुद्धलाई पूज्नेहरूको विकास अन्य प्राणी तथा भूगोलबाट हुनै सक्दैन।
देवीदेवता, शहीद, वीर एवं पुर्खाको मूर्ति बनाउने र पुज्ने चलन छ। हाम्रा पितापुर्खा अफ्रिकाबाट आएका भए अमिबादेखि रामापिथेकससम्मको मूर्ति बनाएर प्रार्थना गर्र्थे, कुलपूजा गर्न अफ्रिका जाने थिए, उतैको भाषा बोल्ने थिए, त्यहीँको पहिरन लगाउने थिए, उनीहरूको विधिबाट पुज्ने थिए।
वेद, त्रिपिटक र मुन्धुमले बाँदरलाई पुर्खा, अमिबालाई कुलदेवता, मूलथलो अफ्रिकालाई मान्दैनन्। हाम्रो विगत र विरासतसँग अफ्रिका तथा अमिबाको सम्बन्ध छैन। डारविनका पुर्खा अफ्रिकाबासी बाँदर होलान् तर हामी ऋषिका सन्तान हौँ, देवीदेवताका अंश हौँ, यही भूमिका आदिबासी हौँ। मि. काउण्ट जेर्नाले भने–“आर्यावर्त केवल आर्यधर्मको मात्र घर होइन अखिल संसारको सभ्यताको आदि भण्डार हो।”
हाम्रो खोज दुब्लाएको छ, अनुसन्धान लखतरान् परेको छ, अध्ययन ओइलिएको छ, सोच चाउरिएको छ, विवेक डल्लिएको छ। पश्चिमाले जे भने त्यसैलाई विश्वास गर्ने, जता भन्यो उतै दौड्ने, जे खाए त्यही खाने होडले हाम्रो हड्डी भाँचिएको छ, नशा चुडिएको छ, रगत बिग्रिएको छ, सोच खल्बलिएको छ।
संस्कृतभाषा नबुझ्ने, कुनै शिलालेख र पुराणहरू नपढ्ने, पुरातात्विक सामग्रीहरूको उत्खनन् नगर्ने अनि पश्चिमाका लहैलहैमा लङ्गुर बाँदर बन्ने ? सत्यको सुवास, तथ्यको बास र अर्थपूर्ण खोजको निवासलाई नबुझ्दा ऋषिका सन्तान होइन बाँदरका वंशज भएका छौँ।
हाम्रा आँखा मेसोपोटामिया, मिश्र र सिन्धुसभ्यतामा केन्द्रित भए। लुम्बिनी, काँक्रेविहार, काठमाडौँ, जनकपुर, रुरुक्षेत्र, दामोदरकुण्ड, तिलिचोताल, गोसाइँकुण्ड, देउघाट आदिमा उत्खनन् भएनन्।
मुस्ताङ क्षेत्रमा वि. सं. २०५० र ०५१ तिर पुरातत्व विभाग र कोलोग्ने विश्वविद्यालयद्वारा गरिएको उत्खनन् र अनुसन्धानले प्राचीन कालदेखि यहाँ मानिसको बसोबास भएको बताउँछ। शालग्रामले मानवको जन्म, तुलसी र पिपलले अध्यात्मको विकास, कृष्णसार र गाईले यज्ञको शुरुवता यहीँबाट भएको बताउँछ। पश्चिमाको भनाईमा अन्धो नबनौँ, अफ्रिकालाई पुर्खाको थातथलो मान्ने भूल नगरौँ, उनीहरूका खोजबाट गन्तव्यमा पुग्दैनौँ, उपलब्धी हात लाग्दैन, सत्य भेटिदैन।
नेपालका हिमाल तथा पहाडका आदिबासीहरू मंगोलबाट, ब्राम्हणहरू भारतबाट लखटिएपछि दशौँ शताब्दीतिर कर्णाली हुँदै आएको पुष्टि गर्न पश्चिमाहरू लागिपरेका छन्। केही जत्थाले आफूलाई कुमाउ र गढवालतिरका रैथानी बनाउन हदैसम्मको प्रयास गरेका छन् तथापि हाम्रा पुर्खा अन्य भूगोलबाट आएका शरणार्थी होइनन्।
पश्चिमाले अफ्रिकाबाट लंगुरबाँदर, मंगोलका आतंककारी, भारतका भगौडा आएर नेपालमा मानवबस्ती बसेको इतिहास घोकाइदिएका छन्। चाँगुनारायणमन्दिरको शिलालेखअनुसार-“देशम्प्रीतमनास्तदा खलु धनम्प्रादाद् द्विजेभ्योक्षयम्” अर्थात् सामन्तहरूलाई आफ्नो अधीनमा ल्याएपछि वि. सं. ५२२मा मानदेवले ब्राम्हणलाई धन दान गरे।
स्वयम्भूपुराणले प्राचीनकालदेखि नेपालका ब्राम्हण र क्षत्रीयहरू बौद्धभिक्षु बनेको बताउँछ। गोपाल, महिषपाल र किरातहरू यहीँका बासिन्दा थिए। यहीँको माटो र नदीसँगै हाम्रो डी. एन.ए मिल्छ, हिमालसँग स्वभाव मिल्छ, पहाडसँग पद्धति मिल्छ, तराईसँग चिन्तन मिल्छ, जलसँग जीवन मिल्छ, जंगलसँग चिन्तन मिल्छ, माटोसँग मन मिल्छ।
हाम्रा पुर्खालाई नेपालकै माटो र नदीले जन्मायो, हिमाली हावा र तराईका जंगलले हुर्कायो, वैदिक सनातन धर्मले संस्कार सिकायो अनि संस्कृति जन्मायो, ॐ र श्रीले समाज र राष्ट्रलाई बचायो।
नेपालका ऋषिमुनि पृथ्वीका पहिलो मानव हुन्, वेद पहिलो पुस्तक हो, यहाँको माटो पहिलो जमिन हो। देवताका अंशज, ऋषिका वंशजले ज्ञानको भण्डार, माटो अनुकूलको मन्त्र, जीवअनुसारको तन्त्र, प्रकृतिअनुसारको यन्त्र लिएर पहिलोपटक यहीँ जन्मिए।
Facebook Comment