विश्वकपमा पुगेको यू-१९ महिला टिमलाई क्यानले जनही २ लाख ५० हजार दिने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ।
क्यानले यू-१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो।
युएईलाई पराजित गर्दै पहिलो पटक यू-१९ महिला विश्वकपमा छनोट भएको नेपाल यू-१९ एशिया कपमा पनि छनोट भएको छ।
प्रतिक्रिया
Facebook Comment