पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

डिसी नेपाल
२९ कार्तिक २०८१ १८:५९

काठमाडौं। अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ।

बिहिबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले पराजित गरेको हो। वर्षाले प्रभावित भएको खेल ७/७ ओभर खेलाइएको थियो।

अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन बनायो। यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो।

यो जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनएको छ। अब सिरिजको दोस्रो खेल शनिबार हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *