परासीमा सडक पूर्वाधार कार्यालय स्थापना

नवलपरासी। पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत सडक पूर्वाधार कार्यालयको स्थापना भएको छ ।
कार्यालय स्थापनाले यस क्षेत्रमा सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणका गतिविध सञ्चालन एवं अनुगमन गर्न सहज हुने उक्त मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशका ११ वटै जिल्लामा उक्त मन्त्रालय मातहतका कार्यालय स्थापना भएका थिए ।
प्रतिक्रिया
Facebook Comment