कविता : मनको आशा

शंकरप्रसाद रिजाल
१ मंसिर २०८१ ६:५६

आशा मनको थुप्रो कहाँ गइ बिसाउँ म
बलेको मनको आगो कहाँ गइ निभाउँ म
ठूला सन्तको बाणी कहाँ गइ सुनाउँ म
नेपाल सन्तको भूमि कहाँ गइ बुझाउँ म।

विद्या मनको ज्ञान त्यो कति बिशाल छ
भित्री मनको ज्वाला निभाउने यही उपाय छ
समाज भित्रको रीति कति यो हेरी बस्नु छ
यसैको पुनर्गमनमा यो काया ढल्ने निश्चित छ।

माया मनको आँखा भित्र भित्रै उज्यालो छ
त्यो मोहको जालमा पर्दा यो काया पराधीन छ
फुलेको फूलको थुंगा त्यो कति रम्य छ
त्यो फूलपनि ओइलाई तल झरी सुक्दछ।

आशा मनको इच्छा नेपाल स्वर्ग बनाउने
सारा नेपाली जनतालाई राखी देशमा रमाउने
उजाड देशको भूमि गरा गरा सुकिसक्यो
सारा देशका युबा बिदेसिन पुगिसक्यो।

नेता भए सबै बुढा थोत्रा थाग्ना भएसरी
मोटाएका सबै नेता भ्रष्टाचार गरी गरी
रोकिएन भ्रष्टाचार र काण्डहरुको बाढी
रोएका छन् सबै युबा बिदेसियी घरीघरी।

इच्छा मनको आशा सबैलाई हँसाउने
थियो तिनै युवालाई भित्रै यहाँ बसाउने
बिबेक कसको छ र चित्त कसरी बुझाउने
दुष्ट भ्रष्टाचारी नेतालाई कसरी सम्झाउने।

लड भीड सबै युबा भ्रष्टाचार हटाउन
देखाउ देवीको शक्ति सबैलाई मिटाउन
बनाउँ देश नेपाल स्वर्गको अलकापुरी
इमान्दार बनी गरौं कर्म कामना पूरागरी।

आशा कसको हुन्न ठूलो मानिस बन्नलाई
लुटे नेताहरुले नेपाल जनता निमुखा देख्नलाई
एक सपुत त्यो आओस् नेपालमा जसोगरी
बनोस् नेपालको समृद्धि यो देशमा कसैगरी।

आशा मनको तृष्णा कहाँ गइ मिटाउँ म
बलेको मनको आगो कहाँ गइ नीभाउँ म
बिबेक सबको मनमा कसरी जगाउँ म
सबै नेपालीको मनमा कसरी सुख ल्याउँ म
सबै नेपालीको मनमा कसरी सुख ल्याउँ म ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *