नेकपा बहुमतले स्थानीय तहको उपनिर्वाचन बहिष्कार गर्‍यो

डिसी नेपाल
२ मंसिर २०८१ ९:२०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तहको उपनिर्वाचन बहिष्कार गरेको छ ।

पार्टी महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिष्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मंसिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ।

यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *