पाकिस्तानको बलुचिस्तानमा सुरक्षा बलको जाँच चौकीमा आक्रमण हुँदा ७ सैनिकको मृत्यु

डिसी नेपाल
२ मंसिर २०८१ १४:३९

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको कलात जिल्लामा रहेको सुरक्षा बलको चेक पोस्टमा भएको आक्रमणमा सात सैनिकको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तानको गृह विभागका एक वरिष्ठ अधिकारीले आक्रमणको पुष्टी गर्दै हिजो राति हमला भएको बताएका छन्।

अधिकारीले भने कि यो हमला शाह मर्दान क्षेत्रमा फ्रन्टियर कोरको पोस्टमा गरिएको थियो र यस हमलामा एक नाइक, दुई लान्स नाइक र पाँच सैनिक मारिएका थिए।

घाइते सैनिकहरूलाई उपचारका लागि सीएमएच क्वेटा लगिएको छ। प्रतिबन्धित चरमपन्थी संगठन बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ।

यो हमला बलुचिस्तानको कुनै पनि क्षेत्रमा ७२ घण्टामा भएको दोस्रो ठूलो हमला हो। यसअघि बिहीबार पनि जियारत र हर्नाइ जिल्लाको मांगी सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मेजरसहित दुई सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

जियारत र हर्नाई बलुचिस्तानका पश्तून आबादी भएका जिल्लाहरू हुन्। यो घटनापछि दुवै जिल्लाका उपायुक्त निलम्बित भएका छन् ।

कलात बलुचिस्तानको राजधानी क्वेटाबाट करिब १५० किलोमिटर दक्षिणमा अवस्थित छ। यस जिल्लामा बलुच जनजातिको बाक्लो बसोबास छ। सन् २००० देखि बलुचिस्तानको अवस्था बिग्रँदै गएपछि यस जिल्लामा तनावका धेरै ठूला घटना भएका छन्।

यस वर्ष अगस्ट २६ मा यहाँका विभिन्न क्षेत्रमा आक्रमणका अलावा यस जिल्लाको हर्बोई क्षेत्रमा रहेको सुरक्षा बलको शिविरमा पनि आक्रमण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *