कतै मुटु अस्वस्थ त छैन, स्वस्थ मुटुका लागि के गर्ने?

डिसी नेपाल
३ मंसिर २०८१ १२:५६

मुटु मानव शरीरको अभिन्न अंग हो। मुटु स्वस्थ राख्न हामीले विशेष ध्यान दिनुपर्छ। मुटु सम्बन्धी समस्या उमेर पुगेका मानिसमा मात्र हुन्छ भन्ने छैन। जुनसुकै उमेर समूहका मानिसमा पनि समस्या देखिन सक्छ।

३० वर्षभन्दा कम उमेरका मानिसमा पनि मुटु रोगको जोखिम हुन सक्छ। स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि बेला बखतमा मुटुको जाँच गर्न चिकित्सकले सल्लाह दिइरहेका हुन्छन्।

मानिसले मुटु रोगबाट बच्नका लागि ब्लड प्रेसर नियन्त्रणमा राख्ने र कोलेस्ट्रोल बढ्न नदिने विषयमा विशेष ध्यान दिनुपर्छ। तर, मुटु सम्बन्धी समस्या रहेको कसरी थाहा पाउने भन्ने प्रश्न पनि उठ्न सक्छ।

अध्ययनले कोरोनरी आर्टरी डिजिज युवामा मुटु रोगको प्रमुख कारण हो। यसलाई हार्ट अट्याकका लागि ८० प्रतिशत जोखिमयुक्त मानिन्छ। यसका साथै जीवनशैली र खानपानको गडबडीले २० वर्षभन्दा कम उमेरका मानिसमा पनि मुटु रोगको जोखिम रहन्छ।

धूमपान, मोटोपन, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल जस्ता समस्याले मुटु उच्च जोखिममा रहन्छ। त्यसैले मुटु रोगको जोखिम अस्वस्थ जीवनशैलीका कारण कम उमेरमा हुनसक्छ भन्ने कुरामा सचेत रहनुपर्छ।

अमेरिकाको हार्ट एसोसिएसनका विशेषज्ञले मुटु रोग युवामा पनि अधिक देखिन थालेको जनाएका छन्। थुप्रै कारण यसका लागि जोखिमयुक्त मानिएका छन्। धूमपानको बानी, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह र व्यायामको कमी मुटु रोगका प्रमुख कारण हुन्। कुनै परिवारमा पहिलेदेखि नै मुटु सम्बन्धी समस्या भएमा त्यस्ता परिवारका सदस्यमा पनि मुटु रोग देखिने जोखिम रहन्छ।

विशेषज्ञले शारीरिक रूपमा निष्क्रिय, व्यायाम नगर्ने मानिसमा मुटु रोगको जोखिम उच्च रहने बताएका छन्। मुटु स्वस्थ राख्न भावनात्मक तनावलाई पनि नियन्त्रणमा राख्नुपर्छ। यी कुरामा ध्यान दिएमा मुटु स्वस्थ राख्न सकिन्छ। – एजेन्सीको सहयोगमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *