झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति

डिसी नेपाल
३ मंसिर २०८१ १३:४७

काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ। दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ।

काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा१९प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो।

प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्ध मुद्दा चलाइएको छ। उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ। विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुबिधा हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *