‘शेख हसिनालाई भारतबाट बंगलादेश पठाउन माग गर्नेछौं’- मोहम्मद युनुस
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको प्रसंग उल्लेख गरेका छन् ।
मोहम्मद युनुसले शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका छन् । आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना भारत आएकी थिइन् ।
मोहम्मद युनुसले अगस्ट ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्। हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने बताएका थिए ।
हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको बताए । शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।
Facebook Comment