उत्तरी गाजामा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु

डिसी नेपाल
३ मंसिर २०८१ १५:३८

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हवाई आक्रमणमा हालसम्म ३४ जनाको मृत्यु भएको छ । स्थानीय नागरिक सुरक्षा निकायले सो जानकारी दिएको हो ।

एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा सात जना घाइते भएका छन् ।

इजरायली सेनाले हमासलाई पुन: संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ।

इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *