दरबारमार्गमा ६ अर्ब लगानीमा होटल बन्ने, मीनबहादुर गुरुङले गरे शिलान्यास

डिसी नेपाल
३ मंसिर २०८१ १६:००

काठमाडौं । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको ​शिलान्यास गरिएको छ। व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन्।

शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए।

भाटभटेनी समूह र लिटिल एन्जल्स समूहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन्। यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ।

होटल सञ्चलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ।

होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *