रहेनन् संविधानसभा सदस्य सिद्दिकी
नेपालगन्ज । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा निधन भएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको सोमबार राति हृदयाघातबाट निधन भएको हो।
सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् भएका थिए। उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने नेपाली कांग्रेस बाँकेले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment