आगामी निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउँछ : कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा कांग्रेस एमालेले गठबन्धन नगर्ने भएपछि आफ्नो हैसियतमा आउने बताएका छन्।
नेपाली कांग्रेस दुल्लु नगरपालिकाले दैलेखको दुल्लुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आजित भएर कांग्रेस र एमाले मिलेको र आगामी निर्वाचनपछि माओवादी आफ्नो हैसियतमा आउने बताएका हुन्। एमाले अध्यक्ष केपी ओलीपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
‘कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए कहिले कांग्रेससँग मिलेर, त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं। अहिले ओली प्रधानमन्त्री बनेका छन्, आगामी निर्वाचन हाम्रो पार्टी सभापति नेतृत्वको सरकारले गर्छ। हामीले बाध्यकारी अवस्थामा विचार नमिल्नेहरुसँग गठबन्धन गरेका हौं,’ उनले भने।
उनले आगामी निर्वाचनमा कांग्रेस-एमालेले कसैसँग गठबन्धन नगर्ने सहमति भएको बताए।
Facebook Comment