ऋषव पन्तको स्पष्टीकरण: दिल्लीमा रिटेन नहुनुमा पैसा कारण होइन
काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले दिल्ली क्यापिटल्ससँगको सम्बन्धमा आफ्नो मौन तोड्दै दुई पक्षबीच पैसाको विषयमा कुनै कुराकानी नभएको स्पष्ट गरेका छन् ।
पन्तले आइपिएल प्रसारकहरू मध्ये एक पोस्टमा पुर्व क्रिकेटर सुनील गावस्करले दिल्ली क्यापिटल्स र ऋषभ पन्तबीच रिटेन्सन मनीमा कुरा नमिलेको हुन सक्ने बताएपछि पन्तले स्पष्ट गरेका हुन् । नोभेम्बर २४ र २५ मा साउदी अरबमा हुने मेगा लिलामीमा दिल्ली क्यापिटलले पन्तलाई किन्न सक्ने अनुमान पनि गावस्करले गरेका छन् ।
गावस्करको टिप्पणीको जवाफ दिदै पन्तले भनेका छन्,‘मलाई रिटेन नगरिएको पैसाको लागि होइन । यो कुरा म ढुक्कसँग भन्न सक्छु।’ गावस्करले रेभस्पोर्ट्जलाई भनेका थिए,’मलाई लाग्छ, दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई आफ्नो टोलीमा फिर्ता हेर्न चाहन्छ । कहिलेकाहीं, जब एक खेलाडी राख्नुपर्छ, शुल्क फ्रेन्चाइज र खेलाडीहरू बीच वार्तालाप गरिन्छ, अपेक्षित रूपमा । त्यसैले स्पष्ट रूपमा, मलाई लाग्छ त्यहाँ केहि असहमति हुन सक्छन् । तर, मलाई लाग्छ दिल्लीले ऋषभ पन्तलाई फर्काउन चाहन्छ ।’
दिल्ली क्यापिटल्सले आगामी सिजनका लागि पन्त बाहेक अन्य चार खेलाडीलाई रिटेन गरेको थियो । जसमा अक्षर पटेललाई १६।५ करोडमा, कुलदीप यादवलाई १३।५ करोडमा रिटेन गरिएको थियो भने दक्षिण अफ्रिकी स्टार ट्रिस्टान स्टब्सलाई १० करोडमा र अनक्याप्ड विकेटकिपर अभिषेक पोरेललाई ४ करोडमा रिटेन गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार दिल्ली क्यापिटल्सको व्यवस्थापनमा भएको परिवर्तनका कारण पन्तलाई रिटेन नगरिएको बुझिएको छ । यसअघि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले पनि राजीनामा दिएका थिए ।
पन्तलाई सन् २०१६ मा दिल्ली क्यापिटल्सले किनेको थियो । उनले यस टोलीका लागि १११ खेल खेले, जसमा उनले ३५ को औसतमा ३२८४ रन बनाए ।
दिल्लीले अहिले पूर्व अलराउन्डर हेमाङ बदानीलाई मुख्य प्रशिक्षकमा र वेणुगोपाल रावलाई क्रिकेट टिमको निर्देशकमा नियुक्त गरेको छ । पूर्व विश्वकप विजेता फास्ट बलर मुनाफ पटेल नोभेम्बरको सुरुमा टोलीको बलिङ प्रशिक्षकको रूपमा सामेल भएका छन् ।
रिटेन नगरेपनि दिल्लीले चाहेमा अक्सनमा पन्तलाई किन्ने विकल्प बाँकी नै रहेको छ ।
Facebook Comment