विश्वकप छनौटको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिए

डिसी नेपाल
५ मंसिर २०८१ ९:११

काठमाडौँ । ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ब्राजिल र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औ मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलका लागि खेलको ६२औं मिनेटमा गेर्सनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *