भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावका लागि आज मतदान
काठमाडौं । बुधबार महाराष्ट्रको सबै २८८ विधानसभा सीटहरू र झारखण्डको दोस्रो चरणमा ३८ सीटहरूको लागि मतदान भइरहेको छ। यससँगै आज ३ राज्यको १४ सिटमा हुने उपचुनावमा पनि जनताले भोट हाल्दैछन् ।
उपचुनाव हुने राज्यहरूमा केरलाको एक सिट, पञ्जाबको चार सिट र उत्तर प्रदेशको नौ सिट समावेश छ। यी राज्यहरूमा चाडपर्वका कारण मतदानको मिति परिवर्तन गरिएको थियो। दुवै राज्यका सबै सिट र उपचुनावको मतगणना नोभेम्बर २३ मा हुनेछ।
महाराष्ट्र विधानसभाको २८८ सिटका लागि मतदान भइरहेको छ । जसका लागि सबै राजनीतिक दलले आफ्नो पूर्ण शक्ति लगाएका छन् ।
प्रतिक्रिया
Facebook Comment