इरानको युनिभर्सिटीमा कपडा फुकाल्ने युवतीलाई रिहा गरियो, कुनै कारबाही नगरिने

डिसी नेपाल
६ मंसिर २०८१ १३:०१

काठमाडौं । इरानी अधिकारीहरूले तेहरान विश्वविद्यालयमा आफ्नो पकडा फुकाल्ने युवतीलाई कुनै कारवाही नगरिने बताएका छन्।

नोभेम्बरको सुरुमा, एक युवतीले आफ्नो लुगा फुकालेर तेहरानको आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा प्रदर्शन गरेकी थिइन् । पछि उनलाई हिरासतमा लिइयो ।

आन्दोलनरत युवतीको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । बीबीसी फारसी सेवाका अनुसार विरोध प्रदर्शन गर्ने युवतीको नाम अहु दर्याई थियो।

एक विद्यार्थी संगठनले पहिलो पटक युवतीको गिरफ्तारीको भिडियो सार्वजनिक गरेको थियो । आहु दर्याईले हिजाब नलगाएको कारण सुरक्षाकर्मीसँग झगडा भएको र त्यसको विरोधमा उनले लुगा फुकालेको पनि यो विद्यार्थी संगठनले जनाएको छ ।

इरानी न्याय विभागका प्रवक्ताका अनुसार युवतीलाई अस्पतालमा उपचारपछि परिवारलाई जिम्मा लगाइएको छ ।

अहु दर्याइलाई हिरासतमा राखिएकोमा कैयौं अन्तर्राष्ट्रिय संघसंस्थाले पनि विरोध गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका थिए ।

इरानको न्याय विभागका प्रवक्ता असगर जहाँगीरले मंगलबार एक विज्ञप्तिमा भने, “उनी बिरामी थिइन् र उनलाई अस्पताल पठाइयो। पछि उनलाई परिवारको जिम्मा लगाइएको थियो । उनीविरुद्ध कुनै न्यायिक मुद्दा दायर भएको छैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *