खोला किनारको मापदण्ड पूर्ण रुपमा खारेजीको माग राख्दै काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
६ मंसिर २०८१ १३:२८

काठमाडाैं। खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायिक भएकाले खारेज गर्नुपर्ने भन्दै प्रदर्शन काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो।

त्यसअघि प्रदर्शनमा सहभागीहरुले कुपण्डोल पुलबाट माइतिघरसम्म खवरदारी र्‍याली समेत निकालेका थिए। प्रदर्शनमा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, गैरन्यायीक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, आवास र सम्पतिको संवैधानकि हकको ग्यारेन्टी गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले एकीकरण, अधिग्रहण, बिकास लगाएतका नाममा जनताको भूमि खोसिँदै आएकाले अव कुनै प्रकारको हस्तक्षेप सैह्य नहुने बताए।

अब आफूहरुको लडाई भूमिको रक्षाका लागि हुने उनले बताए। उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानूनी तवरले लुटिरहेको आरोप समेत लगाए।

उनले संविधानमा नै आवास र सम्पत्तिको हक दिएको अवस्थामा डोजर आतंक गरेर जनताको अधिकार खोस्न खोजेको दाबी गरे। प्रदर्शनकारीहरुले खोला तथा सडक मापदण्ड खारेजी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *