अमेरिकामा संघीय कर्मचारीलाई बाहिरैबाट काम गर्न अनुमति नदिने तयारी, धेरैले जागिर छोड्न सक्ने

डिसी नेपाल
६ मंसिर २०८१ १४:४७

काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय कर्मचारीहरुलाई कार्यालयमा उपस्थित नभइ बाहिरैबाट काम गर्न दिइएको अनुमतिलाई खारेज गर्ने तयारी गरेको छ । यसका लागि एलन मस्क र विवेश रामास्वामीको नेतृत्वमा गठित सरकारी प्रभावकारिता विभागले काम गरिरहेको अमेरिकी मिडिया सीएनएनले जनाएको छ ।

रिपोर्टका अनुसार यस विषयमा जानकार स्रोतले सीएनएनलाई अहिलेसम्म यस विषयमा निर्णय हुन बाँकी भए पनि अब सबै संघीय एजेन्सीका कर्मचारीलाई कार्यालयमा उपस्थित हुन अनिवार्य बनाइने र हप्तामा ५ दिन कार्यदिन तोकिने तयारी भइरहेको छ ।

सरकारले यस्तो गरेका ठूलो संख्यामा संघीय कर्मचारीहरुले स्वेच्छाले काम छोड्न सक्ने बताइएको छ । बुधबार एलन मस्क र विवेक रामास्वामीले वाल स्ट्रिट जर्नलमा एक लेख प्रकाशित गरेका थिए जसमा उनीहरुले संघीय कर्मचारीलाई कार्यालयमा उपस्थित हुन अनिवार्य गरिएपछि धेरै कर्मचारीले स्वेच्छिक रुपमा काम छोड्न सक्ने सम्भावनालाई उनीहरुले स्वीकार गरेका छन् । साथमा उनीहरुले यस्तो अवकाशलाई स्वागत गर्ने समेत स्पष्ट पारेका छन् ।

उनीहरुले स्पष्ट रुवपमा लेखेका छन् ‘यदि संघीय कर्मचारी कार्यालयमा उपस्थित हुन सक्दैनन् भने सरकारले पनि उनीहरुलाई कोभिडकालमा दिइएको सुविधाका आधारमा करदाताको पैसाबाट भुक्तानी गर्न सक्दैन ।’ अहिले अमेरिकामा सबै संघीय कर्मचारी कार्यालय आउँदैनन् । आधिकारिक रुपमा १३ लाख कर्मचारीलाई कार्यालयमा उपस्थित नभइ बाहिरैबाट काम गर्न अनुमति दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *