कुरा बुझिएन नि, ७ मंसिरको एमाले आन्दोलनको अन्तर्य के हो ?
काठमाडौं । मंसिर ७ मा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले काठमाडौं उपत्यकामा विशाल सभा गर्ने भएको छ। सभालाई ‘जागरण सभा’ नाम दिइएको छ। र, उद्देश्य अराजकता नियन्त्रण भनिएको छ।
उपत्यकाका तीन जिल्ला कमिटीको आयोजनामा हुने सभा भृकुटीमण्डपमा गर्ने तय भएको थियो। तर, एमालेले एकाएक ५ मंसिरमा सभा स्थलको स्थान परिवर्तन गर्यो। र, दरबारमार्ग सभास्थल तय भयो।
अराजकता नियन्त्रणका लागि भन्दै हुने सभालाई शक्ति प्रदर्शनको रुपमा पनि एमालेले लिएको छ। तर, आफैँ सरकारको नेतृत्व भएको समयमा गरिने भनिएको यस सभाको जनस्तरबाट चौतर्फी विरोध सुरु भएको छ।
सत्तामा विराजमान एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने घोषणा राणा शासनको निरन्तरता हो। यो पाराले धेरै दिन टिक्दैनौं।
— Nirmal Prasai🇳🇵 (@NirmalPrasai5) November 20, 2024
अराजकता नियन्त्रणमा सरकारको प्रथम भूमिका हुने र एमालेले नै सरकारको नेतृत्व गरिरहेकाले सभा कसलाई देखाउन गरिँदै छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै पनि हो।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्ने मिति तय भएकै दिन एमालेले पनि सभाको मिति तय गर्नुले कतै प्रसाईंलाई देखाउन र उनीसँग बाझिन त एमालेले सभा गर्न लागेको होइन भन्ने चर्चा पनि हुन थालेको छ।
यसैबीच नेत्र बहादुर कार्की गणेश नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले एमालेले गर्ने भनिएको सभाको चर्को विरोध गरेका छन्। उनले लेखेका छन्, ‘खास मैले नबुझेको कुरो दुर्गा प्रसाईंको आन्दोलन मंसिर ७ गते हुँदाहुँदै नेकपा एमालेको पनि मंसिर ७ गते नै हुनुपर्ने कारण के हो? दुर्गासँग प्रतिस्पर्धा गर्ने एमालेको हैसियत हो? शुभ दिन।’
सरकारको विरोधमा प्रदर्शनी घोषणा गरे । एमाले सरकारले पनि त्यही स्थान समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरे । जनताले भन्ने नै भए । अ राज(आ) कता ?
तर बिरोध (प्रदर्शनी घोषणा) गर्नेलाई सरकारले त पक्रन्छ: किनकी अराजकता ?— Gyanendra Khatri (@gyanendrakhatr3) November 20, 2024
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त एमालेको आन्दोलन र भूमिका प्रति आशंका नै गरेका छन्। डिल्लीराज भण्डारी नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले एमालेले काठमाडौंमा आयोजना गर्न लागेको आन्दोलनका कमान्डर राजन भट्टराई एक्कासी कम्बोडिया हानिएका छन्। कुरा के हो? भन्दै प्रश्न गरेका छन्।
एमालेले यतिबेला मात्र नभएर यसअघि २०८० मंसिर ७ मा पनि प्रसाईंले आन्दोलन गरेकै दिन काठमाडौंमा प्रदर्शन गरेको थियो। लघुवित्तको ब्याज मिनाह, राजनीतिले थोपरेको निराशा र राजा फर्काउने भन्दै प्रसाईं समर्थकले बल्खु क्षेत्रमा आन्दोलन गर्दा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत नेतृत्वमा एमालेले तीनकुनेमा शक्ति प्रदर्शन गरेको थियो। तत्कालीन समयमा प्रसाईंको बल्खुको आन्दोलनमा प्रहरी धरपकडसमेत भएको थियो।
कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध रहेका विवादित मेडिकल व्यवसायी प्रसाईं भने प्रहरी हिरासतमा छन्। सोमबार प्रसाईंले युट्युबरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम स्मार्ट एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित केही शंकास्पद कागजपत्र सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजात कीर्ते गरेर तयार पारिएको पाइएपछि उनी अनुसन्धानको दायरामा तानिएका छन्।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर प्रहरीले प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ।
Facebook Comment