अमेरिकापछि स्पेनले पनि युक्रेनमा आफ्नो दूतावास बन्द गर्यो
काठमाडौं । स्पेनले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको घोषणा गरेको छ ।
यसअघि अमेरिकाले पनि कीभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।
कीभमा हवाई हमलाको खतरालाई मध्यनजर गर्दै स्पेन र अमेरिका दुवैले आफ्ना दूतावास बन्द गर्ने निर्णय गरेका छन् ।
समाचार एजेन्सी ईएफईका अनुसार स्पेनको दूतावासले सम्पूर्ण युक्रेनमा हवाई आक्रमणको बढ्दो खतरालाई ध्यानमा राख्दै दूतावासको काम तत्कालका लागि बन्द रहने जनाएको छ ।
दूतावासले युक्रेनमा रहेका स्पेनी नागरिकलाई पत्र पठाएको छ । पठाइएको मेलमा नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ ।
इटाली र ग्रीसले पनि कीभमा हवाई आक्रमणको डरले काम रोक्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment