‘तेल भिसा’ र ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा

डिसी नेपाल
७ मंसिर २०८१ ११:२८

काठमाडौं। आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा आएका हुन्।

‘तेलभिसा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ। त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ। यो फिल्ममा अभिनेता विपिनको डबल भूमिका छ। फिल्म प्रवासका नेपालीको कथा बनाइएको छ।

त्यस्तौ लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी‌ र तुलसी क्षेत्रीको अभिनय छ। यो फिल्म नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथामा बनाइएको छ।

हाल हलमा फिल्म पूर्ण बहादुरको सारंगी र ह्रश्व दिर्घको दबदबा रहेको समयमा दुवै फिल्मले आफुलाई प्रमाणित गर्ने चुनौती रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *