केन्या सरकारद्वारा अडानी समूहसँगको सबै सम्झौता रद्द

डिसी नेपाल
७ मंसिर २०८१ १३:४०

काठमाडौं । केन्या सरकारले बिहीबार अडानी समूहसँगको सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ । जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजनाहरू समावेश थिए।

भारतीय उद्योगपति गौतम अडानीसहित ८ जनामाथि अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्या सरकारले यस्तो निर्णय गरेको हो ।

“हाम्रो सरकारले पारदर्शिता र इमान्दारिताको सिद्धान्तमा काम गर्छ र देशको छवि र हित विरुद्ध हुने सम्झौताहरूलाई अनुमोदन गर्दैन,” राष्ट्रपति विलियम रुटोले संसदलाई सम्बोधन गर्दै भने ।

उनले भने, ‘हाम्रो देशको नीति र मूल्यमान्यता विपरीत हुने कुनै पनि सम्झौता स्वीकार गर्दैनौँ ।

केन्याका राष्ट्रपतिले भने, ‘हाम्रो सहयोगी देशबाट प्राप्त जानकारीपछि जेकेआई विमानस्थल विस्तारसँग सम्बन्धित सम्झौता तत्काल खारेज गर्न यातायात मन्त्रालय र ऊर्जा–पेट्रोलियम मन्त्रालयसँग सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *