पुष्पा २ को ट्रेलरले बनायो नयाँ कीर्तिमान

डिसी नेपाल
७ मंसिर २०८१ १७:३५

काठमाडौं । यस वर्षको बहुप्रतिक्षित बलिवुड फिल्म पुष्पा- २ डिसेम्बर ५ मा रिलिज हुँदैछ। गत आइतबार पुष्पा- २ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो।

पुष्पा २ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा बन्न पुगेको थियो। यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसले हेरेका थिए भने अहिलेसम्म १५ करोडभन्दा बढीले हेरेका छन्।

पुष्पा २ को ट्रेलरले युट्युबमा सोचेभन्दा बढी दर्शक पाएको छ। ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्यूज पाएको छ। तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाले पनि राम्रो संख्यामा दर्शकलाई आकर्षित गरेको छ।

तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ। कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ।

यसरी ट्रेलर भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै पुष्पा सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ।

यसअघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६.५ मिलियनले हेरेका थिए।

अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ। यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो। यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *